मैदानमा नर्सिङ सुन्दरी

२८ असार २०७१, शनिबार ०७:२९ मा प्रकाशित

चितवन । पछिल्लो समय सौन्दर्य प्रतियोगिताको बाढीनै आएको छ । धेरैजसो राजधानीमै केन्द्रित भएपनि यदाकदा राजधानी बाहिर पनि सौन्दर्य प्रतियोगिता आयोजना हुँदै आएका छन् । राजधानी बाहिरको अनेक सौन्दर्य प्रतियोगिता मध्यको एक हो, मिस नर्स चितवन–२०१४ ।
स्ट्रिङ मिडियाले आयोजना गरेको प्रतियोगिताको अन्तिम प्रतिस्प्रधा आगामी साउन ३ गते हुने भएको छ । भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिताको अन्तिम तयारी सकिएको जानकारी आयोजक स्ट्रिङ मिडियाका निर्देशक शिरष पुडासैनीले गराए । प्रतिस्प्रधाले प्रतियोगीलाई मोडलिङ क्षेत्रमा समेत जम्न सहयोग पुग्ने छ । उनले भने, ‘सहभागीको व्यक्तित्व विकासमा पनि यसले धेरै सहयोेग पुराउने छ ।’
नर्सिङ पेशामा आबद्व र अध्ययनरत युवतीहरूको प्रतिभा निखार्ने उद्देश्यले सुरु भएको प्रतियोगितामा १६ देखि २४ वर्ष उमेर समूहका युवतीको सहभागिता रहने छ ।
प्रतियोगितको आवेदन फारम एकसय ७ जनाले भरेका छन् । पहिलोे अडिसनबाट ४० र दोस्रो अडिसन १५ छनौट भएका प्रतियोगीवीच अन्तिम प्रतिस्पर्धा हुने छ ।
युवतीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यक्ताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्गनिर्देश दिँदै समाज उपायोगी जिम्मेवार व्यक्तिका रुपमा अगाडि आउन सहयोग पुग्ने विश्वस आयोजकको छ ।
विभिन्न १२ विधामा पुरस्कृत गरिने प्रतियोगितको शीर्ष उपाधि बिजेताले स्कुटरका साथै र विभिन्न गिफ्ट ह्याम्पर जित्न सक्न छन् । त्यस्तै फस्ट रनरअप र सेकेण्ड रनरअपले क्रमस नगद २५ र १५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।
चितवनमा नर्सिङ क्षेत्रलाई समेटेर गरिन लागिएको यो पहिलो प्रतियोगिता हो । प्रतियोगिताको फाइनल प्रतिस्प्रधा भरतपुरको क्यान्सर अस्पताको सभाहलमा आयोजना हुने छ ।
फाइनल प्रतिस्प्रधामा निर्देशक आकाश अधिकारी, नायक श्रीकृष्ण श्रेष्ठ, जीवन लुइँटेल, नायिका गरिमा पन्त, श्वेता खड्का श्रेष्ठ, निर्देशक सूर्य बोहरा, गायक हरि योञ्जन, गायक तथा संगीतकार टंक बुढाथोकी, गायिका मनीषा पोखरेल, आर्यन शाही, दीपा पन्तलगायतका कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार