सात महिने बालिकालाई आमाको जिम्मा

२७ असार २०७१, शुक्रबार १७:४२ मा प्रकाशित

राजविराज, २७ असार । सप्तरीको ठेलिया–७ गोरपारकी सात महिनाकी बालिकालाई जिल्ला अदालतले उनकी आमाको जिम्मा लगाएको छ ।
अदालतको आदेशमा बालिका कीर्तीकुमारी खंगलाई अदालतले बिहीबार १६ वर्षीया मनिताकुमारी खंगको जिम्मा लगाएको हो ।
जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीको आदेशले बालिकालाई आमाको जिम्मा लगाउने आदेश दिएपछि बालिकाका बुबा देवनारायण खंगले तत्कालै अदालतमा आमा मनितालाई बालिका सुम्पेका छन् ।
बालिकाकी आमाले पति देवनारायणसहित ससुरा लक्ष्मण खंग, सासू सरस्वती खंग र जेठाजू सुरजा खंगले दुधेबालिकालाई खोसी घरनिकाला गरेको भन्दै जिल्ला अदालतमा गत आइतबार घरेलु हिंसा मुद्दा दर्ता गरेकी थिइन् ।
अदालतका स्रेस्तेदार नवराज दुलालले बालिकालाई २४ घण्टाभित्र अदालतसमक्ष उपस्थित गराउन आरोपितका नाममा गत मङ्गलबार आदेश दिएका थिए ।
सामाजिक परम्पराअनुसार ०६९ वैशाख १८ गते देवनारायणसँग विवाह गरेकी मनिता गत असार ७ गते घरबाट निकालिएपछि लोहजरा गाविस–८ स्थित माइतमा बस्दै आएकी छन् ।
उता देवनारायणले मनिता स्वयम्ले बालिकालाई अलपत्र पारी घर छाडेर गएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र