एमालेको महाधिवेशनले ह्विलचियर प्रयोगकर्ता प्रभावित

२७ असार २०७१, शुक्रबार १७:४५ मा प्रकाशित

काठमाडौं, २७ असार । राजधानीको भृकुटीमण्डपमा जारी नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनका कारण ह्विलचियर प्रयोग गरेर हिँड्ने अपाङ्गता भएका व्यक्तिलाई आवतजावतमा कठिनाइ भएको छ ।
एमालेको यही असार १९ गतेदेखि सुरु भएको महाधिवेशनका लागि भृकुटीमण्डपको मुख्य ढोका बन्द भएपछि ह्विलचियर प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिलाई कठिनाइ भएको हो ।
राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुर्दशन सुवेदीले भृकुटीमण्डपको मुख्य ढोका बन्द गर्दा ह्विलचियर प्रयोग गर्ने अपाङ्गता भएको व्यक्तिलाई आवतजावतका लागि असहज भएको बताए ।
उनले मुलुकको नीति निर्माण गर्ने पार्टीमध्ये एक मुख्य पार्टीको महाधिवेशन भएकाले आफूहरुले केही असहजता झेल्दै पर्यटन बोर्ड नजिकैको बाटो प्रयोग गरिरहेको जानकारी दिए ।
भृकुटीमण्डपभित्र अपाङ्ग महासङ्घ र राष्ट्रिय अपाङ्ग कोषलगायतका कार्यालय रहेका छन् । बाटो बन्द भएर ह्विलचियर प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिहरु कार्यालय नै नआएको अध्यक्ष सुवेदीले बताए ।
त्यसैगरी, एमाले महाधिवेशनले भृकुटीमण्डपको आसपासमा रहेका स–साना होटलहरुको कारोबार पनि घटेको छ ।
भृकुटीमण्डपमा सधैँ राम्ररी चल्ने ‘ढकाल तन्दुरी’ का सञ्चालक नवराज ढकाल र ‘सीता फ्रुड एन्ड खाजा घर’ का सञ्चालिका हरिकला न्यौपानेले मूल ढोका बन्द हुँदा ७० प्रतिशत व्यापार घटेको गुनासो गए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा