कोरियामा नेपाल चिनाउँदै नेपाली

६ जेष्ठ २०६९, शनिबार १९:११ मा प्रकाशित

मीन प्रकाश उप्रेती, दक्षिण कोरिया ।  दक्षिण कोरियाको ईन्छन सहर मानिसले भरिभराउ छ । सगरमाथा, बुद्ध र नेपाल झल्काउने तस्बिर र लेखनहरु जताततै देखिएका छन् ।नेपाली गीत र नृत्यले उक्त क्षेत्र गुन्जमान छ । त्यहाँ प्रवेश गर्ने जो कोहीलाई पनि नेपालीपनले छोएको परैबाट देख्न पाइन्थ्ययो । दक्षिणकोरियामा गत आइतबार भएको ईन्छन महोत्सव २०१२ को दृश्य हो यो । ईन्छन माहानगरपालिकाले आयोजना गरेको १५ राष्ट्र सम्मिलित अन्तराष्ट्रि ईन्छन् महोत्समामा नेपालीले जनस्थरबाटै सबै सामु नेपाललाई चिनाएको यो पहिलो पटक थियो ।
विदेशीको बाक्लो उपस्थिति रहेको उक्त महोत्सवमा सगरमाथाको तस्बिर देखाउँदै एकजाना इन्डोनेसियन उनका साथीलाई उनकै भाषामा सोध्दै थिए, थाहा छ हिमालय कति उचाइमा छ उता बुद्धको जन्म स्थान नेपालू लेखिएको पोस्टर देखाउदै एक कोरियन प्रश्न गर्दै थिए बुद्ध नेपालमा जन्मिएका रहेछन् नि मानौ उनी दुबिधामा थिए ।
जतिबेला राष्ट्रिय भेषभुषामा सजिएका नेपालीहरूले नेपाली कला संस्कृति झल्काउने मादल, खैजडी, बा‌सुरि, मुजुरा जस्ता बाद्यवादन बजाउदै सांस्कृतिक झाँकी सहित कला प्रर्दशन गरे त्यतिबेला जोकोहि विदेशी पनि नेपाल हेर्न लालहित देखिन्थे ।

महोत्सवमा नेपाल कोरिया सांस्कृतिक मन्चका अध्यक्ष रमेश श्रेष्ठको टोलीले नेपाली गीत, संगित तथा उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा थप ऊर्जा यतिबेला आएको थियो । जतिबेला एचआरडी कोरियामा कार्यरत राजु कार्कीको नेतृत्वमा नेपाली पहिरनमा सजिएर राष्ट्रिय झण्डा फहराउदै नेपाली सो क्षेत्रमा प्रवेश गरेका थिए ।
कार्यक्रमलाई सफल पार्न नेपाल कोरिया सांस्कृतिक मन्चले प्रमुख भूमिका निर्वाह गरेको छ । नेवाःपुचले प्रदर्शनी स्थल राखेर नेपाल पर्यटन प्रवर्धन तथा लुम्बिनी भ्रमण वर्ष प्रचार प्रसार गरेको छ ।
निर्धारित समय भन्दा ठिला कार्यक्रम स्थलमा पुगेका राजदूत कमान सिह लामाले कार्यक्रममा नेपाललीले देखाएको नेपाली पनको खुलेर प्रश‌सा गरेका थिए । उक्त कार्क्रमा कोरिन मन्त्री लगाएत उच्च पदश्त ब्याक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी