करणीमा परेकी १३ वर्षीयाले बच्चा जन्माइन्

२७ असार २०७१, शुक्रबार १६:३२ मा प्रकाशित

चितवन, २७ असार । चितवनमा १३ वर्षीया एक बालिकाले बच्चा जन्माएकी छिन् । जबर्जस्ती करणीमा परेकी ती बालिकाले भरतपुर अस्पतालमा बच्चा जन्माएकी हुन् ।
बालिका र नवजात शिशुको अवस्था राम्रो रहेको उनलाई संरक्षण गर्दै आएको संस्था असहाय महिला तथा बालबालिका  पुनःस्थापना केन्द्र आदर्शगृहकी कार्यकारी निर्देशक मीना खरेलले जानकारी दिइन् ।
चितवनको कठारका चन्द्रबहादुर क्षेत्री रखलको जबर्जस्ती करणीमा परेर १३ वर्षीया बालिकाले जन्माएको बच्चा आदर्शगृहले एसओएस बालग्रामलाई पालनपोषणका लागि पठाइएको खरेलले जानकारी दिइन् ।
बालिकाको परिवारको आर्थिक अवस्थासमेत कमजोर भएकाले बालकल्याण समिति, भरतपुर अस्पताल, चितवन प्रशासनको रोहबरमा आदर्शगृहले नवजात शिशुलाई संरक्षणका लागि एसओएस बालग्रामलाई हस्तान्तरण गरेको हो ।
गएको दसैँताका उनी जबर्जस्ती करणीमा परेको पारिवारिक स्रोतले जनाएको छ । बच्चा गर्भ रहेको करिब आठ महिना पछिमात्रै रहस्य बाहिर आएपछि सरकारी पहलमा विगत एक महिनादेखि बालिका आदर्शगृहको संरक्षणमा रहेकी थिइन् ।
पेटमा ग्यास्टिक भएको भनि जँचाउन आउँदा बालिका गर्भवती भएको पत्तालागेको  थियो ।
जबर्जस्ती करणीको आरोपमा चन्द्रबहादुरविरुद्ध जिल्ला प्रहरीमा उजुरी दिएका छन् । उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले करणी गरेको स्वीकार गरेको  स्रोतले बताएको छ ।
यसअघि गएको भदौमा समेत चितवनकै अर्की एक बालिकाले पनि करणीमा परेर बच्चा जन्माएको आदर्शगृहका सूचना तथा सञ्चार संयोजक अर्जुन अधिकारीले बताए ।
करणी गर्ने जुटपानीका रामराजा खनाललाई जिल्ला अदालत चितवनले ११ वर्ष तीन महिना कैद र ४० हजार क्षतिपूर्तिको फैसला सुनाएको अधिकारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक