अमेरिकी विदेशमन्त्री केरी अफगानिस्तानमा

२७ असार २०७१, शुक्रबार १३:३५ मा प्रकाशित

काबुल, २७ असार । अमेरिकी विदेशमन्त्री जोन केरी अफगानिस्तान पुगेका छन् । हाल त्यहाँ देखा परिरहेको राजनीतिक सङ्कटको समाधानका लागि उनी त्यहाँ पुगेका हुन् ।
अफगानिस्तानमा सुरु भएको नयाँ राजनीतिक विवादको समाधानका लागि आवश्यक उपायको खोजीका लागि उनी त्यहाँ पुगेका हुन् ।
विदेशमन्त्री केरीले अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङघीय मिसनका सहयोगीसँगको भेटमा भने, ‘पक्का पनि अफगानिस्तानका विषयमा हामी यतिखेर निकै नै गम्भीर र सङ्कटपूर्ण अवस्थामा छौँ ।’
अफगानिस्तानको राजधानी काबुल पुगेका उनको उपस्थितिका लागि निकै नै कडा सुरक्षाको व्यवस्था गरिएको जनाइएको छ ।
उनले राष्ट्रपतीय निर्वाचनको विषयलाई लिएर पछिल्लो समयमा सुरु भएको विवादलाई थप विस्तार गर्ने हो भने त्यसले देशको भविष्यमा निकै ठूलो असर पार्ने चेतावानी पनि त्यहाँका नेताहरुलाई दिए ।
हाल अफगानिस्तानमा निर्वाचनसम्बन्धी विवाद सुरु भएको छ । अफगानिस्तानमा हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा पराजित एक उम्मेदवारले सो निर्वाचन परिणाम नस्वीकार्ने जनाएपछि विवाद उत्पन्न भएको छ ।
बिहीबार मत्र पनि अमेरिकी विदेशमन्त्री केरीले अफगानिस्तान यतिखेर निकै सङ्टकपूर्ण र गम्भीर मोडमा रहेको बताभएका थिए । राष्ट्रपतीय निर्वाचनको परिणामका विषयलाई लिएर अफगानिस्तान हाल निकै गम्भीर मोडमा रहेको बताइएको हो ।
यसै हप्ता सार्वजनिक गरिएको राष्ट्रपतीय निर्वाचनको परिणामअनुसार एकजना उम्मेदवार अर्थशास्त्री असरफ घानीले स्पष्ट बहुमत ल्याएपछि त्यसलाई अर्का उम्मेदवारले नस्वीकार्ने जनाएका छन् ।
अर्का उम्मेदवार अब्दुल्लाह अब्दुल्लाहले सो परिणामलाई अस्वीकार गरेका छन् । उनले निर्वाचनमा धाँधली भएको भन्दै सो निर्वाचन परिणाम नस्वीकार्ने जानकारी यसअघि नै दिइसकेका छन् ।
सो निर्वाचन परिणामपछि अफगानिस्तानमा विवाद बढेको हो । निर्वाचनको परिणामलाई लिएर बढेको विवादले यसैपनि हिंसाको चपेटाम रहेको सो देशमा थप सङ्कटहरु आउनसक्ने अमेरिकाले जनाएको छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले