धो घटनाको छानबिन गर्न सरकारी टोली डोल्पामा

२७ असार २०७१, शुक्रबार १३:१७ मा प्रकाशित

डोल्पा, २७ असार । डोल्पाको धो गाविसमा गत जेठ २० गते स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच भएको झडपमा परेर स्थानीय दुई युवाको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारी टोली सदरमुकाम दुनैमा आइपुगेको छ ।

यार्सा शुल्क विवादलाई लियर स्थानीय बासिन्दा र यार्सा मौसम व्यवस्थापनका लागि धो पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीका फौजबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिने भन्दै लाठी चार्ज गर्ने क्रममा घाइते भएका धो–६ ताक्सीका २७ वर्षीय छिरिग फुर्वा गुरुङ र धो–४ का ४५ वर्षीय टुण्डुप लामाको उपचारका क्रममा मृत्यु भएको थियो ।

आवश्यकभन्दा बढी बल प्रयोग गर्ने क्रममा सुरक्षाकर्मीको लाठी चार्जका कारण मृत्यु भएको खबर सार्वजनिक भएपछि घटनाको छानबिन गर्न सरकारी पक्षबाट मध्यपश्चिमाञ्चल क्षेत्रका क्षेत्रीय सहप्रशासक राजकुमार श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन टोली डोल्पाको सदरमुकाम दुनैमा पुगेर घटनाका बारेमा जानकारी लिने काम सुरु गरेको छ ।

जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय, घटनामा संंलग्न नेपाल प्रहरीका इन्चार्ज र सशस्त्र प्रहरी धो अस्थायी क्याम्पका निरीक्षक जीवन मल्ललगायत पत्रकार र मानव अधिकारकर्मीसँग छानबिन टोलीले जानकारी लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।