नेपाल बाहिरको नेपाली साहित्यका बारेमा बिशेष गोष्ठीको आयोजना

६ जेष्ठ २०६९, शनिबार १९:०८ मा प्रकाशित

अमेरिका । नेपाली साहित्य प्रतिष्ठान – उत्तर अमेरिकाले यस पटक एएनएको ३०औ महाधिबेसनको अवसर पारेर टेक्सास राज्यको, डालासमा हुने अन्तर्राष्ट्रिय कविता महोत्सब संगसंगै नेपाल बाहिरको नेपाली साहित्यका बारेमा बिशेष गोष्ठीको आयोजना गर्ने भएको छ। यो गोष्ठी संचालनका लागि नेपाली साहित्य प्रतिष्ठान – उत्तर अमेरिकाले डा. गोविन्दसिंह रावतको संयोजकत्वोमा “नेपाल बाहिरको नेपाली साहित्य: प्रवासी कि आप्रवासी” गोष्ठी आयोजना समिति गठन गरेको छ।

समितिका अन्य सदस्यहरुमा मोहन सिटौला, टेक्सास, गोबिन्द गिरी प्रेरणा, भर्जिनिया र ज्ञानेन्द्र गदाल, कोलोराडो रहनु भएका छन्। पहिलो पटक आयोजना हुन लागेको “नेपाल बाहिरको नेपाली साहित्य: प्रवासी कि आप्रवासी” सम्बन्धी यस गोष्ठीमा डायिस्पोरा साहित्यमा बिशेष कलम चलाउने विद्वानद्वय डा. गोबिन्दराज भट्टराई र डा. खगेन्द्र लुइँटेल तथा अमेरिकामा बसेर डायिस्पोरा साहित्य सिर्जना गर्दै आउनुभएका अ.ने.सा.स.का संस्थापक होमनाथ सुबेदीबाट कार्यपत्र प्रस्तुत गरिने छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा