एमाले मतदाता प्रक्रिया सुरु हुन सकेन

२७ असार २०७१, शुक्रबार १२:५२ मा प्रकाशित


काठमाडौं, २७ असार । नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि आज बिहान १० बजेबाट निर्वाचन हुने भनिए पनि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन ।

प्रतिनिधिहरूको मतदाता परिचयपत्र बनाउने कार्य भइरहेकाले मतदानमा ढिलाइ भएको हो । सो परिचयपत्रमा अध्यक्ष झलनाथ खनाल र दुई समूहका तर्फबाट भीम रावल र भीम आचार्यले हस्ताक्षर गर्ने काम भइरहेको छ ।

केन्द्रीय निर्वाचन आयोगले मतदाता परिचयपत्र तयार पारी दिवा खानापछि मतदान गराउने योजना बनाएको छ । प्रारम्भिक निर्वाचन कार्यक्रममा आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने उल्लेख थियो तर बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ हुन गयो ।

अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओली अहिले महाधिवेशन स्थलभित्र छन् ।

कुल १४९ सदस्यीय केन्द्रीय कमिटीमा दुई समूहले सबै पदमा उम्मेदवारी दिएका छन् ।

मतपत्र पनि समूहगत पहिचान हुने गरी तयार गरिएको आयोगका सदस्य सानुराज पोखरेलले जानकारी दिए ।

स्वतन्त्र पनि उम्मेदवार छन्

आमरुपमा समूहगत उम्मेदवारी परे पनि दुबै समूहको सूचीमा नपरेका तथा असन्तुष्ट बनेका केहीले केन्द्रीय र वैकल्पिक सदस्यमा उम्मेदवारी दिएका छन् । यसरी उम्मेदवारी दिनेमा खुल्ला केन्द्रीय सदस्यतर्फ कुन्द भट्टराई, योगेन्द्र शाही, हरि वैरागी दाहाल, हीराबहादुर खत्री, वैकल्पिक खुल्ला सदस्यमा कुमारी शान्ता पाख्रिन, वैकल्पिकबाटै जनजातितर्फको केन्द्रीय सदस्यमा सिपी घर्ती, मधेसीतर्फ शैलेन्द्र शाह, कालीचन्द्र शाह, सीतादेवी शाह, मुस्लिमबाट इलियास अन्सारी, दलितमा भवानी विक, रामकुसन मण्डल, रामाअवतार यादव र रामलखन हरिजन छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री