‘नागबेली’ शुक्रबार देखि प्रदर्शनमा

२७ असार २०७१, शुक्रबार ०९:३९ मा प्रकाशित

काठमाडौं । गाउँघरमा यतिखेर रोपाइको चटारो छ । असार महिना खेतीबाली लगाइने समय भएकाले पनि अन्य समयभन्दा यो महिना चलचित्र भवनमा दर्शकको उपस्थिति न्यून रहन्छ ।
दर्शक धेरै आउँदैनन् भन्ने जान्दाजान्दै पनि चलचित्र प्रदर्शनमा आउने क्रम रोकिएका छैन । हप्तै पिच्छे चलचित्र फेरिने क्रम यथावत छन् । यसलाई लगानीका रुपमा नराम्रो मानिए पनि दर्शकका लागि राम्रै हो । किन भने दर्शकले रोजेर चलचित्र हेर्न पाउँछन् ।
फ्राइडे रिलिजको परम्परा धान्दै शुक्रबार नयाँ चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र हो ‘नागबेली’ । यो चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको छ ।
चलचित्र गोविन्द राइको निर्देशनमा तयार भएको हो । सिङ्गल रिलिजमा आएपनि ‘नागबेली’ले देशभरका हलमा एकलौटी धाक जमाउन सक्ने छैन । अर्थात गतसाता रिलिजमा आएका ‘चिहान’ र ‘अनौठो प्रेमकथा’ले राम्रो व्यापार गरिरहेका छन् । ती दुई चलचित्र हलमा टिकिरहने छन् । ‘नागबेली’ले ‘चिहान’ र अनौठो प्रेमकथा’लाई टक्कर दिनुपर्ने हुन्छ ।
चलचित्रले ‘पिजी’ सर्टिफिकेट पाएको छ । अर्थात १६ वर्ष मुनिका बालबालिकाले अभिभावका साथ हेर्नुपर्ने छ ।
युवा बेरोजगार र बेरोगजारीका कारण बिदेश उड्नु पर्ने बाध्यता आदिलाई चलचित्रको मुख्य बिषयबस्तु बनाइएको छ । चलचित्रमा रहेको त्रसाउने दृश्यका कारण पिजी प्रमाणपत्र पाएको निर्माण पक्षले जानकारी गराएको छ । पिजी प्रमाण पत्र पाए पनि सेन्सरमा चलचित्रको कुनै दृश्य वा सम्वाद हटाइएको छैन ।
रोमियन लिम्बुले निर्माण गरेको ‘नागबेली’मा लेखन पत्रकार दीपेन्द्र लामाको छ । दयाहाङ राई, यशराज गहतराज, बिक्की मल्ल, हर्षिका श्रेष्ठ, सुरवी जैन बिष्ट, सम्भव श्रेष्ठ, लुनिभा तुलाधर, अशोक फुँयाल, सम्भव श्रेष्ठ, रुपा रानालगायत कलाकारको अभिनय छ ।
रामशरण उप्रेतीको छायाँकन, बीबी अनुरागी र शीतल मोक्तानको संगीत रहेको ‘नागबेली’मा द्वन्द्व रोशन श्रेष्ठको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै