नेपाली कांगे्रसका सभासदद्वारा तराइमा पाँच प्रदेश माग

६ जेष्ठ २०६९, शनिबार २०:२० मा प्रकाशित

काठमाडौ, ६ जेठ । तराइ–मधेशवाट प्रतिनिधित्व गर्ने नेपाली कांगे्रसका सभासदहरुले राज्यपुर्नसंरचना गर्दा पाँच्च प्रदेश बनाउन माग गरेका छन् । मधेशमा विभिन्न संसकृति र पहिचान रहेकोले बहुप्रदेश हुनुपर्ने उनीहरुको माग छ । संविधानसभा भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी कागे्रस सभासदहरुले समग्र मधेस एक प्रदेश एकात्मक र मधेसी नागरिकको भावना विपरित हुने भन्दै ५ प्रदेश बनाउन माग गरेका हुन् । स्वायत्त तराई मधेस प्रति प्रतिवद्ध हुँदै उनीहरुले झापा–चितवन–पश्चिम कञ्चनपुरसम्मको समग्र भूगोलमा नोपालको आधा जनसंख्या बसोवास गर्ने विभिन्न पहिचानहरुको आधारमा प्रदेशको गठन गर्नु पर्ने माग गरेका छन् । कोच–बिराट, मिथिला, भोजपुरिया, सिम्रौनगढ, अवधि, लुम्बिनी, थरुहटलाई पहिचानको आधार बनाइनु पर्ने कांग्रेस केन्द्रीय सदस्य एवं सभाषद अफ्ताप आलमले बताउनुभयो । कांगे्रस सभासदहरुले वैशाख २ गते भएको सहमति उल्लघन भइ पुन सहमति भए दलहरुबीच भएको शासकीय स्वरुपमा नयाँ सहमति गनुप्र्ने माग गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको