जातीय आधारको संघीयता एमालेलाई स्वीकार्य नभएको महासचिव पोखरेको भनाइ

६ जेष्ठ २०६९, शनिबार १७:५८ मा प्रकाशित

काभ्रे, ६ जेठ । उप प्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेले जातीय आधारमा नामाङ्कन र सीमाङ्कन गरीएको संघीयता आफुहरुले अस्वीकार गर्ने बताउनुभएको छ । एमाले काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ को दोस्रो क्षेत्रीय अधिवेशनलाई आज दाप्चामा सम्बोधन गर्दै उहाँ यस्तो बताउनुभएको हो । ११ प्रदेश नै संघीय प्रदेशको अन्तिम स्वरुप भएको दाबी गर्दै पोखरेले बहुजातिहरुको बसोबास रहेको नेपालमा जातीय आधारमा विभिजन गरिएका प्रदेशहरु कालन्तार सम्म टेक्न नसक्ने ठोकुवा गर्नु भयो । उपप्रधानमन्त्री समेत रहनु भएका पोखरेले जेठ १४ आउन ९ दिनमात्र बाँकी रहेको अवस्थामा मधेस केन्द्रित दलहरुले सहमति भइसकेका कुराहरुलाई पनि पुनः अट्को थाप्ने काम गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई