सत्र लाख पचास हजारको किताब बिक्री

२६ असार २०७१, बिहीबार २१:३० मा प्रकाशित

काठमाडौं, २६ असार । नेपाल प्रज्ञा–प्रतिष्ठानले यो आर्थिक वर्षमा १७ लाख ५० हजारको किताब बिक्री गरेको छ ।
प्रतिष्ठानले आर्थिक वर्ष २०७०/०७१ मा विभिन्न भाषा, साहित्य, कलालगायतका ८६ प्रकारका कृतिको प्रकाशन गरेको थियो ।
प्रकाशन भएका कृतिमध्ये सबैभन्दा बढी बिक्री भएको पुस्तक विभिन्न भाषाविद्हरूले रचना गरेको ‘नेपाली बृहत शब्दकोश’ को आठौँ संस्करण हो ।
यो आर्थिक वर्षमा उक्त पुस्तक १६ हजार ८६ वटा बिक्री भएको प्रतिष्ठानका पुस्तक बिक्री वितरण कार्यालय प्रमुख हरिभक्त टियानले जानकारी दिए ।
उनका अनुसार प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेका कृतिमध्ये इमानसिंह चेम्जोङको लिम्बू–अङ्ग्रेजी–नेपाली शब्दकोश, डा कृष्णहरि बरालको गीत कसरी लेख्ने, डा मीनबहादुर श्रेष्ठको गणित दर्शन, प्राध्यापक प्रेमशान्ति तुलाधरको नेपाली भाषाको साहित्यको इतिहास, माधवलाल कर्माचार्यको नेपाल लघु विश्वकोशलगायतका कृति यो आर्थिक वर्षमा उत्कृष्ट मानिएका छन् ।
पाठकको बढ्दो माग र साहित्यकारको रुचिअनुसार प्रतिष्ठानले साहित्यिक रचनाका कृतिहरू बढी प्रकाशन भएको टियानले जानकारी दिए ।
प्रज्ञा–प्रतिष्ठानले विभिन्न साहित्यकार, भाषाविद्, लेखनहरूले रचना गरेका कृतिहरूको प्रकाशन गरेर पाठकसमक्ष पुराउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना