न्यौपाने र मैनालीको चुरेभावरवीच एकीकरण

२६ असार २०७१, बिहीबार १६:५० मा प्रकाशित

काठमाडौं, २६ असार । पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल र केशवप्रसाद मैनालीको चुरे भावर राष्ट्रिय पार्टीवीच एकीकरण भएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर न्यौपाने र मैनालीले एकताको घोषणा गरेका हुन् । एकीकृत पार्टीको अध्यक्ष न्यौपाने रहका छन् ।
मैनालीलाई सर्वोच्च नेताको पद दिइएको छ । दुबै पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यलाई यथास्थितिमा एकीकृत गरिएको छ ।
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल नामाकरण गरिएको एकीकृत पार्टीको केन्द्रीय समिति १ सय ३१ सदस्यीय बनाइएको छ । पार्टीको झण्डा पनि चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले प्रयोग गरिरहेको आन्दोलनताकाकै झण्डा प्रयोग गर्ने सहमति समेत भएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले दुवै पार्टी फुट्दा विगतमा उठाएको एजेन्डा राष्ट्रिय राजनीतिमा छायाँमा परेको बताए । उनले आफूहरुका मागलाई नयाँ संविधान राख्न संघर्ष गर्ने समेत उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न