एएफसी यु–१४ फेस्टिबल अफ फुटबल– २०१२ सुरु

६ जेष्ठ २०६९, शनिबार १६:०८ मा प्रकाशित

काठमाडौ, ६ चैत । एएफसी यु–१४ फेस्टिबल अफ फुटबल– २०१२ सुरु आजदेखि काठमाण्डुमा सुरु भएको छ । एसियाली फुटबल महासङ्घको कार्यक्रमअनुसार अखिल नेपाल फुटबल सङ्घको आयोजनामा सुरु भएको यो प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाललगायत बङ्गलादेश, भुटान, श्रीलङ्का र भारतको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै अर्थमन्त्री वर्षमान पुनले खेलकुदले देशको शान विश्वसामु चिनाउनुका साथै अनुशासन र सामूहिक भावनाको पाठ पनि सिकाउने भएकाले सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले एएफसी फुटबल प्रतियोगिता आफ्नो क्षमता प्रस्तुत गर्ने मौका भएकाले सबै कला कौसल प्रयोग गरेर खेलाडीले आफ्नो राष्ट्रका लागि खेल खेल्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा एन्फाका अध्यक्ष गणेश थापाले सबै राष्ट्रका खेलाडीहरुलाई खेलकुदको नियम, कानुन तथा अनुशासनलाई आत्मसात् गर्दै खेल खेल्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले

काठमाडौं । कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनगर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी

काठमाडौ । ब्याड्मिन्टनका प्रिन्स दाहाल र पौडीकी गौरिका सिंह नेपाल ओलम्पिक कमिटी (एनओसी) सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन् ।

काठमाडौं । वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर