मिस इ–कलेजको आवदेन खुल्ला

२६ असार २०७१, बिहीबार १६:४१ मा प्रकाशित

काठमाडौं । कलेजमा अध्यायनरत युवतीहरूको प्रतिभा निखार्ने उदेश्यले आयोजना हुन लागेको ‘मिस इकलेज–२०१४’ को आवेदन खुल्ला भएको छ ।
सिजन मिडियाको आयोजनामा बिगत ५ वर्षदेखि आयोजना हुँदै आएको प्रतियोगिता १७ देखि २३ वर्ष उमेर समूहका कलेजमा अध्यायनरत युवतीले सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगिताले युवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गर्ने आयोजले जनाएको छ ।
बुधबारबाट आवेदन खुल्ला गरिएको प्रतियागिताको आवेदन फारम साउन ३० गतेसम्म खुल्ला रहने सिजन मिडियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं तथा मोफसलका कलेजमा अध्ययनरत छात्राले आवेदन फारम भर्न सक्नेछन् । प्रतियोगिताको पहिलो चरणको छनौट आगामी भदौ १ गते हुनेछ ।
यसबाट छानिएका ३० प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्प्रर्धाका लागि पौडी, शारीरिक फिट्नेश, फोटो सेशन व्यक्तित्व विकास सम्वन्धी बिभिन्न प्रशिक्षणमा सहभागी गराइने छ ।
असोज पहिलो साता प्रतियोगिताको अन्तिम प्रतिस्प्रधा हुने र बिजेताले ताज उपाधिसहित १ लाख ६० हजार पर्ने स्कुटी उपहार दिइने छ ।
फस्ट रनरअप र सेकेण्ड रनरअपले क्रमशः २० हजार बराबरको ट्याब्लेट र १५ हजार बराबरको मोवाइल फोनका साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै