बाँकेको राप्ती क्षेत्रका स्थानीय त्रसित

२६ असार २०७१, बिहीबार १९:२० मा प्रकाशित

नेपालगन्ज, २६ असार । पाँच दिनदेखि बाँके जिल्लालगायत मध्यपश्चिम क्षेत्रमा परिरहेको अविरल वर्षापछि राप्ती नदीमा पानीको जलस्तर र बहाव असामान्य रूपमा बढ्दा नदी आसपासका गाउँमा बाढीको सन्त्रास छाएको छ ।
राप्ती नदीमा पानीको सतह बढेपछि त्यसवरपरका होलिया, मटेहिया, गङ्गापुर, नरैनापुर, फत्तेपुर, लक्ष्मणपुरलगायतका गाविस डुबानको खतरामा पर्ने सम्भावना बढेको छ ।
कुसुमस्थित बाढी मापन केन्द्रका अनुसार नदीको जलस्तर पाँच मिटर ४० सेन्टिमिटर पुग्यो भने खतराको चिह्नमा पुगेको मानिन्छ । तर अहिले नदीको सतह खतराको चिह्नसम्म पुगिसकेको र जलस्तर बढ्ने क्रम जारी रहेको जनाइएको छ ।
जलस्तर बढेर अहिलेसम्म गाउँमा बाढी नपसे पनि त्यस क्षेत्रका अति जोखिममा रहेको पिप्रहवा र टेपरी गाउँका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।
यसैगरी नदीमा पानीको सतह र बहाव बढ्न थालेपछि स्थानीय प्रशासन कार्यालयले कस्टर समूहअन्तर्गतको उद्धार समूह, राहत समूह र स्वास्थ्य समूहलाई नेपालगन्ज तथा सम्भावित डुबान प्रभावित गाउँ क्षेत्रमा तयारी अवस्थामा राखेको छ ।
भारतले जिल्लाको नेपाल—भारत सीमानजिक अन्तर्राष्ट्रिय कानुनविपरीत भारतीय क्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध र तटबन्धका कारण राप्ती नदीको प्राकृतिक बहाव रोकिन गई बाँके जिल्लाको राप्तीपारि नेपाली भूमिका आधा दर्जनभन्दा बढी गाविसका नागरिक प्रत्येक वर्ष बाढी तथा डुबानको जोखिम मोल्न बाध्य छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले