अस्ट्रेलियाली निर्वाचनमा असान्जेको सम्भावना

६ जेष्ठ २०६९, शनिबार १६:०७ मा प्रकाशित

काठमाडौ, ६ जेठ । विकिलिक्सका विवादास्पद् संस्थापक जुलियाँ असान्जेले आफ्नो मुलुक अस्ट्रेलियामा संसदको माथिल्लो सभाको सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवार भए विजय हासिल गर्ने अवस्था एक अभिमत सङ्ग्रहमा देखिएको छ । सत्ताधारी लेबोर पार्टीको आन्तरिक अभिमत सर्वेक्षक युएमआर रिसर्चले गरेको अनुसन्धान तथा सिड्नी मर्निङ हेराल्ड पत्रिकाले प्रकाशन गरेको समाचार अनुसार सर्वेक्षण गरिएका २५ प्रतिशतले आफूले सरकारी गोप्य जानकारी जनतालाई उपलब्ध गराउने वेबसाइटका प्रमुखलाई मत दिने बताए । सर्वेक्षणमा बामपन्थी ग्रिन पार्टीले असान्जेलाई समर्थन गर्ने देखिएको छ । उक्त जानकारी युएमआरका जोन उटिङले उक्त पत्रिकालाई दिनुभएको हो । उहाँले असान्जेतर्फ महत्वपूर्ण समर्थन रहेको देखिएको बताउनुभयो । यसमा पार्टीगत धारणा भने उल्लेख गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको