दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

२६ असार २०७१, बिहीबार १६:०७ मा प्रकाशित

चितवन, २६ असार । नारायणगढ–मुग्लिङ सडकखण्डको घुमाउनेमा आज बिहान कार दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको बा९च ७७८८ नम्बरको कार सडकबाट झन्डै ६० मिटर तल खस्दा कारमा सवार काठमाडौँ धापासी बस्ने ४० वर्षीय चिजबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै तनहुँ सप्तगण्डकी नगरपालिका–२ बस्ने ३० वर्षीय कार चालक देवन थापा र सोही ठाउँ बस्ने २९ वर्षीय सुनिल बसौला घाइते भएका छन् । उनीहरुको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११