पानी माग्दै भ्यागुताको बिहे

६ जेष्ठ २०६९, शनिबार १६:०७ मा प्रकाशित

सिन्धुली, ६ जेठ । लगातार दुई तीन साता यता सिन्धुलीमा पानी नपरेपछि किसानहरु निक्कै चिन्तित बनेका छन् । मकै, धान जस्ता अन्नबाली र बोटविरुवाहरु सुक्नुका साथै खोलाहरु पनि सुकेका छन् । लगातारको खडेरीले पानी नपरेपछि सिन्धुली लाम्पान्टार गाविसका पुङपुङगे महिला समूहको आयोजनामा आज भगवानसँग पानी माग्दै भ्यागुताको बिहे गरिदिएका छन् । भालु खोलाको पोथी भ्यागुतो र बाङरीङ खोलाको भाले भ्यागुतो बीच व्राहमण बोलाएर पाठ पुजा गरेर बिबाह गरिदिएको स्थानिय झगर सिङ आलेले बताउनुभयो । हरहर महादेव पानी देउ देउ भनेर ध्याम्पा सोहीसोही खेलेर भोजभत्तेर समेत गरेको आलेले जानकारी दिनुभयो खोलानाला कुवा लगाएत पानीका स्रोतहरु सुकेपछि त्यस ठाउँका बासिन्दाहरुलाई खानेपानीको समेत निक्कै समस्या परेको छ । यसैबीच भिमस्थान ३ भारागाउँका किसानहरुले पनि आज विहान पानी परोस् भन्दै भगवानको पुजा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा दाहाल

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक