कांग्रेसलाई नेतृत्व दिने तयारी गर्न महामन्त्री सिंहको आग्रह

६ जेष्ठ २०६९, शनिबार १६:०६ मा प्रकाशित

काठमाडौ, ६ जेठ । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले राज्य पुनःसंरचनालगायतका विषयमा प्रमुख दलहरुबीच भएको सहमति अक्षरशः लागु हुनुपर्ने बताउनुभएको छ । उहाँले प्रमुख दलहरुबीच भएको सहमतिभन्दा बाहिर गएर कसैले पनि अभिव्यक्ति दिन नहुने भन्दै निर्धारित समयमै संविधान जारी गर्नुपर्ने भएकाले दलहरुबीच वार्ता र सहमतिको विकल्प छैन भन्नुभयो । नेपाली काँग्रेस वडा नं १७ को वडा भेलाको आज यहाँ आयोजित कार्यक्रममा महामन्त्री सिंहले नयाँ संविधान जारी गर्ने सरकारको नेतृत्व काँग्रेसले गर्ने बताउनुभयो । नेपाली काँग्रेस काठमाडौँ जिल्ला सभापति भीमसेनदास प्रधानले विगतमा शान्तिप्रक्रियालाई अघि बढाउन काँग्रेसले लिएको अग्रसरता झै अहिलेको सङ्क्रमणकालीन राजनीतिलाई निकास दिन र संविधान जारी गर्न पनि काँग्रेस नै अघि सर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट