विवादित विषयमा सहमति जुटाउन बसेको प्रमुख तीन दलको वैठक निष्कर्षविहीन

६ जेष्ठ २०६९, शनिबार १३:५८ मा प्रकाशित

काठमाडौ, ६ जेठ । मधेसी मोर्चा तीन दलले सहमति गरेको ११ प्रदेशको विपक्षमा उभिएपछि त्यसविषयमा सहमति जुटाउन बसेको प्रमुख तीन दलको वैठक फेरि पनि बिना निष्कर्ष टुङगिएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको प्रमुख तीन दल एकीकृत माओवादी, नेपाली काग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुको बैठकमा काग्रेस र एमालेले ११ प्रदेश वनाउने सहमतिमा पुर्नविचार हुन नसक्ने अडान राखेपछि बैठक विनानिष्कर्स सकिएको हो ।
माओवादीले ११ प्रदेश वनाउने प्रस्तावमा पुर्नविचार गर्न सकिने  वताउदै आएको छ तर बैठकमा काग्रेस र एमालेले प्रदेशमै मनाउन माओवादीसँग आग्रह गरेका थिए ।
बैठकपछि नेपाली काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रमुख तीन दल र मधेशी मोर्चा सहतिको वैठकमा ११ प्रदेश वनाउने सहमित भएको र त्यही प्रस्तावमा मोर्चालाई मनाउनु पर्ने धारणा राखे ।
सहमति जुटन नसकेपछि प्रमुख दलहरुवीच दिउँसो ३ बजे पुनःसंविधानसभाको भवन बानेश्वरमा छलफल पुन हुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव