स्वर्णिमा शाक्यलाई हिमालय प्रिन्सेजको उपाधि

२५ असार २०७१, बुधबार १८:४७ मा प्रकाशित

काठमाडौं । ‘हिमालय प्रिन्सेज’को ताज स्वर्णिमा शाक्यले जितेकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अन्तिम प्रतिस्प्रर्धामा शाक्यले ‘आन्तरिक प्रर्यटन विकासमा तपाईको दाइत्व, भूमिका कस्तो रहन्छ ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै ताज पारेकी हुन् ।
उनले आफ्ना प्रतिस्प्रधीलाई उछिन्दै उपाधि जितेकी हुन् । स्वर्णिमाले विभिन्न गिफ्ट ह्याम्परका साथमा म्युजिक भिडियो, बिज्ञापन र आन्तरिक पर्यटन विकासका विभिन्न कार्यक्रममा सहभागिता जनाउने अवसर प्राप्त गरेकी छन् ।
आन्तरिक पर्यटनको विकासमा युवाको सहभागिता भन्ने विश्वासका साथ आयोजना भएको नेपालकै पहिलो एडभेन्चर्स एवं पृथक सौन्दर्य प्रतियोगितमा फस्ट रनरअप वीना अधिकारी र सेकेन्ड रनरअप सुवासिनी श्रेष्ठ भए ।
वीना र सुवासिनीले क्रमशः एसएमएस र मिस आइकनिक आइजको अवार्ड समेत जिते । यी दुबैले बिभिन्न गिफ्ट ह्याम्परका साथमा म्युजिक भिडियो, बिज्ञापनमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन् ।
१६ देखि २२ वर्ष उमेरका युवतीहरूको क्षमतामा विकाससँगै नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्य रहेको कार्यक्रम आयोजक संस्थाका रेडियन्स म्यानेजमेन्ट एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार