सिटिइभिटीद्वरा छात्रवृत्ति कोटा थप

२५ असार २०७१, बुधबार २१:२० मा प्रकाशित

भक्तपुर, २५ असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले यस वर्षदेखि प्राविधिक शिक्षा लिनेहरूलाई दिँदै आएको छात्रवृत्ति कोटा वृद्धि गरेको छ ।
परिषद्का सदस्यसचिव डा. रामहरि लामिछानेले विगतका वर्षहरूमा दिइँदै आएको छात्रवृत्तिमा यस वर्ष वृद्धि गरिएको जानकारी दिए ।
परिषदसँग सम्बन्धन लिएर सञ्चालनमा आएको स्वास्थ्य, इन्जिनियरिङ, कृषि लगायतका विभिन्न प्राविधिक विषयमा छात्रवृत्ति कोटा वृद्धि गरिएको जानकारी दिए ।
यसअघि यस्ता कलेजहरूले दुईलाई ५० प्रतिशत र दुईजनालाई शतप्रतिशत छात्रवृत्ति दिने व्यवस्था गरेकामा यस वर्षदेखि ५० प्रतिशत छात्रवृत्ति हटाएर चारैजनालाई शतप्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ ।
परिषदले ४० वटा कोटा तोकेका संस्थाले ३६ जनासँग मात्र शुल्क लिन पाउने र चारजनालाई छात्रवृत्तिमा अध्ययन गराउनुपर्ने व्यवस्था गरेको उनको भनाइ छ ।
परिषदका प्रशासन प्रमुख रमेश बखतीले परिषद्बाट जेहेन्दार र बर्गीकृत छात्रबृत्ति गरि प्रत्येक कार्यक्रममा १० प्रतिशत छात्रबृत्ति कोटा निर्धारण गरिएको बताए ।
सिटिइभिटीले यसबाहेक लक्षित वर्गमध्येबाट ७५ जनालाई थप छात्रवृत्ति दिने भएको छ । जसमा महिला नौ, आदिवासी जनजाति आठ, मधेसी मुसलमान सात, दलित सात, अपाङ्ग ६, पिछडिएको दुर्गम क्षेत्र १०, बेपत्ता परिवारका व्यक्ति तथा सहिद परिवार ६, जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनका घाइते परिवार, द्वन्द्वपीडित, विस्थापित नौ, पूर्वकमैया, हलिया चार र विपन्नलाई नौ छात्रवृत्ति कोटा निर्धारण गरेको बखतीले जानकारी दिए ।
यस कोटामा पर्नेले छात्रवृत्ति रकम नै पाउने भएका छन् । बखतीले भनेभयो यो छात्रवृत्तिमा प्रत्येक विद्यार्थीले तीन वर्षसम्म मासिक पाँच हजारका दरले निर्वाह छात्रवृत्ति रकम पाउनेछन् ।
निजी संस्थाहरूलाई यस वर्ष निर्धारण गरेको थप छात्रवृत्ति कोटालाई तत्काल लागू गर्न निर्देशन दिइसकिएको परिषदले जनाएको छ । आर्थिक वर्ष २०७१÷०७२ का लागि परिषद्ले विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि २५ करोड रुपियाँ बजेट प्रस्ताव गरेर पठाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

कञ्चनपुर । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया