मोर्चाको बन्दले सिरहाको जनजिवन प्रभावित, बन्दलाई ज्वालाको सर्मथन

६ जेष्ठ २०६९, शनिबार ११:५३ मा प्रकाशित

काठमाडौ, ६ चैत । बृहत मधेसी मोर्चाको आह्वानमा भएको अनिश्चितकालीन बन्दका कारण सिरहासहित तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । मोर्चाका बन्दकर्ताहरुले आज  बिहानैदेखि बजार, पसल, उधोगधन्दा, कलकारखाना र शैक्षिक संस्था बन्द गराएका छन् । मोर्चाका कार्यकर्ताले बन्द गर्दै सदरमुकाम सिरहासहित जिल्लाको अन्य मुख्य मुख्य शहर तथा पुर्व पश्चिम लोकमार्गको विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन जारी राखेका छन ।  मोर्चाले तीन दलबीच भएको ११ प्रदेशको निर्णय फिर्ता हुनुपर्ने, स्वयात मधेस प्रदेश उल्लेख गर्नुपर्नेलगायतका माग गरी अनिश्चतकालीन बन्द गरेको हो  । यसैबीच बुहत मधेसी मोर्चाले गरेको अनिश्चितकाल मधेस बन्दलाई तराई सशस्त्र संर्घषरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले सर्मथन गरेको छ ।  मोर्चाका केन्द्रिय अध्यक्ष ज्वाला सिंहले शुक्रबार एक विज्ञप्ती जारी गरेर बन्दलाई सर्मथन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको