खोटाङमा सभापति कुटपिट गर्नेलाई कारबाहीको माग

२५ असार २०७१, बुधबार १६:३२ मा प्रकाशित

खोटाङ, २५ असार । लाँफेहोंछा परिवार खोटाङले कांग्रेसका लफ्याङ गाउँ समितिका सभापति लोकेन्द्र राईमाथि निर्घात कुटपिट गर्ने दोषिमाथि कडा कारबाहीको माग गरेको छ ।
खोटाङ कांग्रेसका जिल्ला सभापति नेतृत्वको समूहबाट गाउँ सभापति राईमाथि निर्घात कुटिएको घटनाप्रति दुखः व्यक्त गर्दै लाँफेहोंछा परिवारले दोषिलाई कडाभन्दा कडा कारबाहीको माग गरेको हो ।
सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गर्दै लाँफेहोंछा परिवारका सचिव अनुप राईले पार्टी नेतृत्वबाट आफ्नै पार्टीको कार्यकर्तामाथि घृणित र लज्जास्पद तवरले घटना घटाइएको बताए ।
राईलाई कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईकै संलग्नतामा पूर्व जिल्ला सदस्य रमेश खड्का, तरुण दलका जिल्ला उपाध्यक्ष भलकाजी गुरुङ र कार्यकर्ता सुमन गुरुङले निर्घात कुटपिट गरेको परिवारले बताएको छ । कुटपिटबाट राईको टाउको, आँखा र ढाडमा चोट लागेको छ ।
प्रहरीले कुटपिटको विरुद्ध किटानी जाहेरी लिनसमेत आलटाल गरिरहेको राईकी श्रीमती शशीकला राईले गुनासो गरिन् । सभापतिको दबाबका कारण प्रहरीले मुद्दा दर्ता गर्न नमानेको सचिव राईको भनाइ छ । प्रहरीको अस्वीकारपछि र मुद्दा दर्ता नै नगरी फर्कनु परेको भीषण राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा