पाँच करोड पैसा माग्ने सभासद र दलविरुद्ध रिट

२५ असार २०७१, बुधबार १६:२२ मा प्रकाशित

काठमाडौं, २६ असार । निर्वाचन क्षेत्रका लागि भन्दै सभासदहरुले सरकारसँग पाँच करोड रुपियाँ माग गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता खड्कबहादुर बुढाथोकीले ‘सचेत नेपाली नागरिकका तर्फबाट’ भन्दै सभासदहरुलाई पाँच करोड नदिन माग गरेर आज सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले सभासदलाई पाँच करोड रुपियाँ उपलब्ध गराइए आर्थिक अनियमितता हुने भन्दै प्रमुख राजनीतिक दल र सभासदहरुविरुद्ध आदेश दिन रिटमा माग गरेका छन् ।
संविधान सभाको मुुख्य काम २०७१ साल माघ महिना भित्र नयाँ संविधान जारी गर्ने रहेको स्मरण गराउँदै रिटमा सभासदहरुले आफ्नो दायित्व भुलेर पाँच करोड रुपियाँको पछि लागेको जनाइएको छ ।
‘निर्वाचन क्षेत्रमा ५ करोड बजेट माग गरी आफैँ रकमको योजना निमार्ण गरी वितरण गर्ने कार्यले जनताले दिएको मतको चरम दुुरुपयोगको प्रवल सम्भावना छ’, रिटमा भनिएको छ, ‘राजनीतिक दलहरुले आफ्नो कार्यकर्तालाई पालनपोषण गर्ने देखिएकाले अन्तरिम संविधान विपरितको कार्यत तत्काल रोक्नुु भनी प्रयार्थिहरुको नाउँमा प्रतिषेधको आदेश जारी गरीपाउँ ।’
कांग्रेस र एमालेका सभासदहरुले निर्वाचन क्षेत्रका लागि भन्दै सभासदलाई पाँच करोड रुपियाँ माग गरेपछि विरोध हुँदै आएको छ । विपक्षी दल एमाओवादीले पाँच करोड रुपियाँको विरोध गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको