खोटाङको चार वटा सामुदायिक वनमा फैलिएको डढेलो अझै नियान्त्रण बाहिर

६ जेष्ठ २०६९, शनिबार ११:५३ मा प्रकाशित

खोटाङ, ६ चैत । खोटाङको चार वटा सामुदायिक वनमा फैलिएको डढेलो अझै नियान्त्रणमा आउन सकेको छैन । विजयखर्कको साँघुरी पुर्वी र साँँघुरी पश्चिम तथा राजापानीको छिताकुण्ड र असोजे सामुदायिक वनमा छ दिन अघिदेखि लागेको डढेलो अझै नियान्त्रण बाहिर छ । डढेलोले चार वटा सामुदायिक वनको एक हजार हेक्टर भन्दा बढी क्षेत्रफल नष्ट बनाएको छ । डढेलोले सामुदायिक वनमा पाईने लोपोन्मूख जडीबुटी, काठपात तथा जंगली पशुपन्छीको बासस्थान जलेर नष्ट भएको छिताकुण्ड सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष छवि राईले जानकारी दिनुभयो । साँघुरी पुर्वी सामुदायीक वनबाट सुुरु भएको डढेलो साँघुरी पश्चिम, छिताकुण्ड हुँदै अहिले असोजे सामुदायिक वनमा प्रवेश गरेको स्थानीयबासीले जानकारी दिएका छन् । अहिलेसम्म वनमा लागेको डढेलो निभाउने प्रयास कसैबाट नभएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान