पार्टीको मुखपत्र वितरणमा विवाद

२५ असार २०७१, बुधबार १३:५५ मा प्रकाशित

काठमाडौं, २५ असार । नेकपा (एमाले)को जारी नवौँ महाधिवेशनमा पार्टीको प्रचार उपसमितिद्वारा प्रकाशित ‘उदघोष’ पत्रिका वितरणको विषयलाई लिएर महाधिवेशनस्थलमा विवाद भएको छ ।

प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली प्रधान सम्पादक र सचिव सूर्य थापा सम्पादक रहेको सो पत्रिका वितरण गरिरहेका स्वयम् सेवकलाई वरिष्ठ नेता माधवकुमार नेपालका भाइ सरोज उपाध्यायले पत्रिका एकपक्षीय भएको भन्दै वितरणमा रोक लगाउन स्वयम् सेवकलाई भनेका थिए ।

उपाध्यायले पत्रिकामा वरिष्ठ नेता नेपालको तस्बिर प्रकाशन नभएकाले एकपक्षीय भएको दाबी गरे । तत्पश्चात् मञ्च व्यवस्थापन उपसमितिका संयोजक विनोद श्रेष्ठ र सुरक्षा व्यवस्थापन उपसमितिका सहसंयोजक रामनाथ ढकालले पत्रिका वितरणमा रोक लगाउनुपर्ने कारण नरहेको जवाफ दिए ।

पत्रिकामा महाधिवेशन उदघाटनका तस्बिर, महाधिवेशन तयारीका गतिविधि र महाधिवेशन प्रतिनिधिका सूचीलगायतका सामग्री छन् । विवाद बढ्ने स्थिति भएपछि सबै पत्रिका अध्यक्ष मण्डलको जिम्मामा राखिएको छ ।

अध्यक्ष मण्डलले निर्णय गरेपछिमात्रै पत्रिका वितरण हुनेछ । एमालेको नियमित मुखपत्र ‘नवयुग’ यसअघि नै वितरण भइसकेको छ । बन्दसत्रमा जारी आचारसंहिताअनुसार एकपक्षीय मानिने पत्रिका र सामग्री वितरण निषेध गरिएको छ । पार्टी निकटकै मानिने बुधबार, दृष्टि जस्ता साप्ताहिक पत्रिका पनि वितरणमा रोक लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा