सरकार र मुस्लिम गठबन्धनबीचको वार्ता निष्कषविहीन

६ जेष्ठ २०६९, शनिबार ११:५२ मा प्रकाशित

काठमाडौ, ६ जेठ । सरकार र राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनबीच आज भएको वार्ता निष्कर्षमा पुग्न सकेन । मुस्लिम सङ्घर्ष समितिले राखेका मागका विषयमा शीर्ष नेताहरूबीच छलफल हुनुपर्ने सरकारी टोलीले बताएपनि वार्ता सहमतिमा पुग्न नसकेको हो । दुवै पक्षले मागका विषयमा आन्तरिक छलफल गरी फेरि वार्तामा बस्ने बताएका छन् । वार्तामा सहभागी सरकारी वार्ता टोलीका सदस्य वर्षमान पुनले मुस्लिम गठबन्धनको मागप्रति सरकार सकारात्मक रहेको भन्दै निष्कर्षमा पु¥याउन उच्च तहमा छलफल हुनेपर्ने बताउनुभयो । राजनीतिक, सामाजिक, धार्मिक गरी ३० वटा सङ्गठन आबद्ध रहेको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले नयाँ संविधानमा मुस्लिम समुदायको पृथक पहिचानलाई सुनिश्चित गरिनुपर्ने, संवैधानिक मुस्लिम आयोग गठन गरिनुपर्ने, राज्यपुनःसंरचनामा मुस्लिम पहिचानसहितको संघीयता हुनुपर्ने लगायतका १० बुँदे माग अघि सारेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्