विवादित विषयमा सहमति जुटाउन मुख्य दलहरू छलफलमा

६ जेष्ठ २०६९, शनिबार ११:४९ मा प्रकाशित

काठमाडौ, ६ जेठ । राज्य पुनःसंरचनाका लागि गरिएको ११ प्रदेशको सहमतिप्रति मधेसवादी दलहरूले आपत्ति जनाएपछि दलहरू फेरि नयाँ सहमतिका लागि जुटेका छन् । यही क्रममा अहिले सत्तारुढ दलहरू एकीकृत माओवादी र नेपाली काङ्ग्रेसबीच छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा दुवै दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । ११ प्रदेशको सहमति अन्तिम नभएको र यसबारे पुनर्विचार गर्न सकिने प्रधानमन्त्रीले हिजोको संसद बैठकमा संबोधन गर्नुभएपछि काङ्ग्रेस र एमाले रुष्ट बनेका छन् । मधेसवादी दलहरूले भने ११ प्रदेशले मधेसलाई खण्डित पारेको भन्दै त्यसलाई फिर्ता लिनुपर्ने दबाब दिइरहेका छन् । उनीहरूले बिहीबारको संसद बैठक अवरुद्ध पारेका थिए । हिजो प्रधानमन्त्रीले ११ प्रदेशको सहमति फिर्ता लिएर छलफल गर्न सकिने आश्वासन दिनुभएपछि संसद खुलेको हो ।
राज्य पुनःसंरचना, ११ प्रदेशको सहमति र अरू विषयमा छलफल गर्न एमालेसहित मुख्य तीन दलको बैठक पनि बस्दै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।