
ओऊ,
अँधेरो छु भनेउ
हिक्का छोड्दै
लम-तन्न्न भयौ,
मैले जून दिएँ ।
अँ,
तिमी त,
जूनको पिरामड टेकेर
अन्तरिक्ष पो पुगेछौ ..?
ठान्यौ होला है ? आफुले
आफैलाई नील-आर्मष्टङ्ग .?
जब,
जून बादलको भिड भित्र
पाइला मेट्दै गयो
तिमी भने फाटिन थालेछौ ।
उतै—–उता——–?????
कतै मातिएको त होइनौ ??
तर, बुझेको छु ।
ओऊ!
देखेऊ?
नियाली हेरत !
क्षितीज पूर्बी एथ्लान्सटिकको
बीचबाट घाम कुर्लदै छ।
जुन हतारीएर
पश्च्िचम महासागर
खस्नै लागेछ ।
जून – खस्छ।
घाम- आऊछ।
तिमी- अन्तर ध्यान हुन्छौ ।
फेरी,
रात, तिमी
आउनेछौ,
तेही मुद्रामा
तब भने, म सँग
जून हुने छैन…..।
सर्ग डडेर——-
निलो, रातो,पहेंलो हुँदो हो,
तिमी भने छट्पटाऊने छौ
नी–साशिने छौ……….।
तर,
म तेही हुनेछु
जहाँ भू-मध्य सागरको तट् मा
ति वाष्वीकरणहरुलाई नियाँली
रहेको हुनेछु………..//////
हो, ‘रात’ !
जस्लाई मैले तिम्रो निम्ती
रिम् – झिम् बर्षा ल्याउनु छ,
अनी,
अग्लो – अग्लो पहाडहरुमा
हीऊँ फुलाउनु छ…….////
तिमलाई हँसाउनु छ,
तिमी,
निष्पट् अँधेरो कीन नहोऊ …???
रात!
तिम्रो निम्ती >जून फूल्नेछ ।
> हीऊँ फूल्नेछ ।
> शीत झर्नेछ ।
> म हुनेछु ।
प्रतिक्रिया
सम्बन्धित खवर
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा
वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत
सिओल । नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले मुक्तक दिवसको अवसर पारेर संयुक्त मुक्तक सङ्ग्रह ‘झिल्को’को विमोचन, बृहत् मुक्तक वाचन, दुई
उसले मलाई जे भनेपनि हुन्छ दुख्ने मुटु उसको मात्रै पो छ मैले त सब चुपचाप सहनुपर्छ मेरो मुटु खोई मानव