नेविसङ्घ अधिवेशनका लागि तालिका सार्वजनिक

२४ असार २०७१, मंगलवार १८:१० मा प्रकाशित

काठमाडौं, २४ असार । नेपाल विद्यार्थी सङ्घको ११ औंँ महाधिवेशन आगामी भदौ २९, ३० र ३१ गते गर्नका लागि मातृ पार्टी नेपाली कांग्रेसको निर्देशनमा तालिका सार्वजनिक गरिएको छ ।

नेविसङ्घ केन्द्रीय समितिको यही असार १ र २ गते बसेको बैठकले सङ्घको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरी काँग्रेसका महामन्त्री एवं निर्देशन समितिका संयोजक प्रकाशमानसिंहसमक्ष अनुमोदनका लागि पेस गरेको थियो ।

सोअनुसार महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरी यथासम्भव जिल्ला, विश्वविद्यालय तथा क्याम्पस एकाइलाई अधिवेशन गर्न निर्देशन दिइएको विद्यार्थी विभागका प्रमुख नवीन्द्रराज जोशीले बताए ।

साथै तोकिएको समयावधिभित्र अधिवेशन सम्पन्न नगर्नेलाई महाधिवेशनमा संलग्न नगराउनसमेत निर्देशन गरिएको उनले जानकारी दिए ।

कार्यतालिकाअनुसार आगामी साउन १० गते विदेशस्थित सङ्घका जनसम्पर्क समिति र काठमाडौं उपत्यका क्याम्पस अधिवेशन, साउन १८ गते जिल्ला अधिवेशनको नामावली प्रकाशन, साउन २० गते जिल्ला अधिवेशन र स्ववियु नभएका क्याम्पसमा प्रतिनिधि छनोट सम्पन्न हुने विद्यार्थी विभागका प्रमुख जोशीले बताए ।

त्यसैगरी साउन २५ गते सबै जिल्ला तथा क्याम्पसले प्रतिनिधि पठाइसक्ने अन्तिम समय तोकिएकाmे साउन ३० गते अधिवेशन भएका जिल्ला तथा क्याम्पसले प्रतिनिधिको नामावली केन्द्रमा पठाइसक्ने र भदौ ७ गते नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिएको छ ।

नेविसङ्घले भदौ ९ गते प्रतिनिधिको नामावलीमाथि दाबीविरोध गर्ने र भदौ १५ गते छानबिन गर्ने समय तोक्नाका साथै भदौ २० गते अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।

यस अघि पटक पटक मिति तोकिँदै सर्दै आएको संघको महाधिवेशन यस पटक पार्टीको अग्रसरतामा हुन लागेकाले तोकिएको समयमै हुनेमा विद्यार्थी नेताहरु आशावादी देखिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति