इलामका ३२ विद्यालयको खाता रोक्का

२४ असार २०७१, मंगलवार १७:४६ मा प्रकाशित

इलाम, २४ असार । आन्तरिक लेखा परीक्षण नगराउने ३२ वटा विद्यालयको खाता रोक्का गरिएको छ ।
एक वर्षअघि नै लेखा परीक्षण सम्पन्न गरिसक्नुपर्ने भए पनि विद्यालयले अटेर गरी परीक्षण नगराएकाले जिल्ला शिक्षा कार्यालय इलामले खाता रोक्का गरेको हो ।
खाता रोक्का गरेपछि ती विद्यालयलाई आर्थिक वर्षको अन्त्यमा तलब, भत्तालगायत विभिन्न शीर्षकको बजेट निकासा लिन समस्या भएको छ ।
२०७० असोजमा अघिल्लो आव २०६९÷७० को आन्तरिक लेखा परीक्षण गर्न जिशिकाले विद्यालयलाई पत्राचारसमेत गरेको थियो । तर त्यसको बेवास्ता गरेकाले कारबाही स्वरूप खाता रोक्का गरिएको जिल्ला शिक्षा अधिकारी दीलनाथ पुरीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न