तिब्बतबाट ३० वटा याक\नाक ल्याइयो

२४ असार २०७१, मंगलवार १७:२३ मा प्रकाशित

सोलुखुम्बु, २४ असार । नेपालको एकमात्र याक विकास फार्म, स्याङ्बोचे खुम्जुङले तिब्बतको ल्हासाबाट नश्ल सुधारको लागि ३० वटा याक तथा नाकगाई ल्याएको छ ।
ल्हासामा रहेको याक ब्रिडिङ फार्म अफ लिन्जो काउण्टीबाट खरिद गरिएका पाँच वटा याक र २५ वटा नाकगाई आज खुम्जुङको लुङ्देमा ल्याइपु-याएको याक विकास फार्म स्याङ्बोचेका कर्मचारी ललन यादवले जानकारी दिए ।
ती याक तथा नाकगाईलाई भोलि रेञ्जोला पास गराई जोङ्लास्थित याक विकास फार्म स्याङ्बोचेको घुम्ती गोठमा पुराइने छ ।
याक तथा नाक छ हजार १ सय मिटर उचाइमा रहेको नाङपाला पास पार गराएर ल्याइएको हो ।
तिब्बतको फार्मसँग तीन वर्षअघि भएको सम्झौताबमोजिम प्रतिगोटा १० हजार युयानका दरले खरिद गरी ती नाक तथा याक ल्याइएको छ ।
ती नाक तथा याक लिन याक विकास फार्मका पाँच जना कर्मचारी र १६ जना शेर्पा सहयोगी असार १० गते तिब्बत गएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य