सरकार र मुस्लिम गठबन्धनबीच आज पनि वार्ता

६ जेष्ठ २०६९, शनिबार १०:३७ मा प्रकाशित

काठमाडौ, ६ जेठ । सरकार र राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनबीच आज फेरि वार्ता हुँदै छ । हिजो भएको वार्ता सहमति पुग्न नसकेपनि आजका लागि तय गरिएको हो । वार्ता सिंहदरवारस्थित शान्ति मन्त्रालयमा हुने मन्त्रालयले जनाएको छ । हिजोको वार्तामा मुस्लिम गठबन्धनले आफ्ना माग सरकारी वार्ता टोलीसमक्ष प्रस्तुत गरेको थियो । राजनीतिक, सामाजिक, धार्मिक गरी ३० वटा सङ्गठन आबद्ध रहेको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले नयाँ संविधानमा मुस्लिम समुदायको पृथक पहिचानलाई सुनिश्चित गरिनुपर्ने, संवैधानिक मुस्लिम आयोग गठन गरिनुपर्ने, राज्यपुनःसंरचनामा मुस्लिम पहिचानसहितको संघीयता हुनुपर्ने लगायतका १० बुँदे माग अघि सारेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री