सहमतिका लागि आज पनि दलहरूको बैठक बस्दै

६ जेष्ठ २०६९, शनिबार १०:३५ मा प्रकाशित

काठमाडौ, ६ जेठ । संविधान निर्माणका क्रममा देखिएका बाँकी विवादहरूमा सहमतिखोज्ने क्रममा मुख्य तीन दलको बैठक आज पनि बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा ११ प्रदेशका विषयमा मधेसवादी दलहरूले उठाउँदै आएको अहसमतिबारे छलफल हुने नेताहरूले बताएका छन् । राज्य पुनःसंरचनाको विषयमा मधेसी मोर्चालाई अलग्याएर जान सकिने अवस्था नरहेकोले सहमतिका लागि दलहरूले प्रयास गर्दै आएका छन् । ११ प्रदेशमा कुरा मिलाउने विषयमा दलहरूले हिजो पनि दिनभर छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय