हरर चलचित्रमा बिपाशा

२४ असार २०७१, मंगलवार १६:१५ मा प्रकाशित

मुम्बई । कुनै समय हरर चलचित्रमा अभिनय गरेर चर्चा बटुलेकी अभिनेत्री बिपाशा बसु पुनः त्यस्तै चलिचित्रमा फर्र्किएकी छन् । बिपाशाद्वारा अभिनित हरर नयाँ चलचित्र आउँदैछ ।
बिक्रम भट्टले बनाउन लागेको चलचित्र ‘क्रिएचर’मा पनि बिपाशाकै अभिनय रहने छ । चलचित्रमा ‘ब्रम्ह राक्षस’को बिषय समेटिने छ ।
हिन्दुधर्मको संस्कार अनुसार अकालमा मृत्यु भएका मानिसहरू भूतप्रेत, पिशाच, कुष्मान्डा, ब्रह्म राक्षस, बेताल र श्रेत्रपाल आदिको रुप लिन्छन् । यी सबैको अस्तित्व हुन्छ भन्ने बिषय चलचित्रमा देखाइने छ ।
कोही स्त्रीको अकाल मृत्यु भएपछि उनले कर्म, पाप र पूण्यका आधारमा चुडेल, देबी, डायन र डंकिनी आदिको रुप लिने बिषय समेत चलचित्रमा समेटिएको निर्माण पक्षले जनाएको छ ।
‘मेरो उदेश्य चलचित्रका माध्यमबाट अन्धविश्वस हटाउनु हो’, निर्माता बिक्रमले भने, ‘म आफ्नो प्रयासमा सफल हुने छु ।’
कुनै काल्पनिक कहानी भन्दा चलचित्र वास्तविकतामा जान लागेको बिक्रमले खुलाए । भने ‘चलेकै हरर ट्रेनमा म पनि चलचित्र निर्माण गर्ने छु ।’
यस अगाडि बिशाल भारद्वाजले यस्तै बिषयमा ‘एक थी डायन’ निर्माण गरेका थिए । चलचित्रले बक्स अफिसमा राम्रै चर्चा बटुल्न सफल भएको थियो । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार