व्यवस्थापिका संसदको बैठक आज पनि, संविधान संसोधन विद्येयक पेश हुने

६ जेष्ठ २०६९, शनिबार १०:३४ मा प्रकाशित

काठमाडौ, ६ जेठ । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । संसदको अवरोध हिजो खुलेपछि बैठक सुचारु हुन लागेको हो । हिजो ढिलागरी बसेको संसदको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संबोधन गर्दै जेठ १४ मा जसरी पनि संविधान जारी गर्नुको विकल्प नभएकोले संसदमा अवरोध नर्गन आह्वान गर्नुभएको थियो । अन्तरिम संविधानको धारा ७० मा रहेको व्यवस्था संशोधन गरी संविधान निर्माणको प्रक्रिया छोट्याउनुपर्ने भएकोले परिस्थितिको गाम्भीर्य बुझि दिन पनि प्रधानमन्त्रीले आग्रह गर्नुभयो । प्रधानमन्त्रीले राज्य पुनःसंरचनाका विषयमा भएको ११ प्रदेशको सहमतिमा पुनर्विचार गर्न सकिने खालको अभिव्यक्ति दिनुभएपछि मधेसी सभासद्हरूले विरोध नजनाएका हुन् । यसअघि ११ प्रदेशको सहमतिले मधेसलाई खण्डित पारेको भन्दै वृहद् मधेसी मोर्चासँग आवद्ध सभासद्हरूले संसद बैठकमा अवरोध गरेका थिए । अवरोध खुलेपछि मन्त्री पोष्टबहादुर बोगटीले नयाँ संविधान जारी गर्ने प्रक्रिया छोट्याउन अन्तरिम संविधानकोको धारा ७० मा संशोधनसम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि आज छलफल हुने र त्यसपछि धारा ७० संशोधन हुने संसद सचिवालयले जनाएको छ ।
यसैबीच पटक पटक स्थगित हुँदै आएको संविधानसभाको बैठक आज बेलुकी ५ बजेका लागि बोलाइएको छ । संविधानसभाको बैठक अहिलेसम्ममा सूचना टाँसेर १४ पटक स्थगित भइसकेकाछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।