बर्दियामा मौरीपालन व्यवसाय उपयुक्त ठाउँ

२३ असार २०७१, सोमबार १७:४६ मा प्रकाशित

बर्दिया, २३ असार । बाघमारे–५ दाङका व्यावसायिक कृषक शशिराम खड्का ८५ घार मौरी लिई बर्दियाको जैविकमार्ग सूर्यपटुवा गाविसको स्त्थर बोझीस्थित खाता संरक्षित वनमा आएका छन् ।
मौरी पाल्नका लागि पकेट क्षेत्रका रूपमा चिनिने दाङ जिल्लामा कात्तिक र मङ्सिर महिनामा मौरीका लागि तोरी र चिउरीको फूल प्रशस्तमात्रामा भएतापनि त्यसपछि भने क्रमशः मौरीका लागि चाहिने आहारामा कमी हुने भएकाले अन्य जिल्लामा मौरी चराउँदै हिँड्नुपर्ने बाध्यता रहको उनले बताए ।
यसअघि उनी मौरी लिएर कपिलवस्तु जानेगर्थे । छ वर्षदेखि व्यावसायिकरूपमा मौरीपालन गर्दै आएका कृषक खड्काले मेलीफेरा जातका मौरीपालन गरेका छन् । उनी मौरी लिएर बर्दियामा पहिलोपटक आएका हुन् ।
फागुन महिनातिर बर्दियामा रुधिलो फुलेको र सिसौ पनि फुल्नेक्रम जारी रहेकाले मौरीलाई चाहिने आहारा प्रशस्त रहको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद