प्रधानमन्त्रीको संवोधन पछि बृहद मधेसी मोर्चाको संसद अवरोध हट्यो

५ जेष्ठ २०६९, शुक्रबार २१:१५ मा प्रकाशित

काठमाडौं, ५ जेठ ।  प्रधानमन्त्री बाबुराम भट्टराईको सम्बोधनपछि व्यवस्थापिका संसद्मा बृहद मधेसी मोर्चाले जारी राखेको अवरोध हटेको छ । मोर्चाले तीन दलवीच सहमति भएको ११ प्रदेशको अवधारणा खारेजीको माग गर्दै संसद अवरोध गरेको थियो । मोर्चामा माओवादीका सहित मधेसी दलका मधेसी सभासदहरु रहेका छन् ।
निर्धारित समय भन्दा करिब चार घण्टा ढिला गरी सुरु भएको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले ११ प्रदेशको सहमति प्रारम्भिक भएको भन्दै प्रारम्भीक विषयमा उत्तेजित हुनु पर्ने आवश्यकता नरहेको बताएपछि संसद् अवरोध गर्दै आएको बृहत् मधेसी मोर्चाले अवरोध हटाएको थियो । संसदको अवरोध खुलेसँगै संविधान संसोधन विद्येयक संसदमा पेश गर्ने अवस्था बनेको छ ।
बैठकमा प्रधानमन्त्रीले संसद् अबरुद्ध भए धारा ७० संशोधन गर्न नसकिने र त्यसो हुँदा जेठ १४ मा संविधान जारी गर्न नसकिने भन्दै अन्तिम अवस्थामा आएर संविधान जारी गर्न रोकेर इतिहासले धिक्कार्ने चेतावनी दिएका थिए ।
उनले संविधान जारी हुने बातावरण निर्माण नभए मुलुक फेरि द्धन्द्धमा फर्किने तर्फ सचेत गराउँदै जारी प्रक्रिया लाई अवरुद्ध नगर्न आग्रह गरेका थिए ।
संसदको बैठक भोली अपरान्ह ३ बजे पुन बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको