संविधानसभा बाहिरका दलसँग परामर्श

२३ असार २०७१, सोमबार १७:२२ मा प्रकाशित

काठमाडौं, २३ असार । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको उपसमितिले संविधान निर्माणबारे संविधानसभा बाहिरका साना दलहरूसँग छलफल गरेको छ ।
संविधानसभा निर्वाचनमा सहभागी भएका तर प्रतिनिधित्व हुन नसकेका साना दलहरूको लिखित राय सुझाव सङ्कलनका लागि छलफल गरिएको उपसमितिका सदस्य अशोक राईले बताए ।
काठमाडौंमा आज बसेको बैठकमा ४२ दललाई आमन्त्रण गरिएकामा १२ दलमात्र उपस्थित रहेको थियो ।
‘सङ्कलित सुझाव सम्पादन गरी मूल समितिमा पेस गरिने र त्यहाँ छलफल गरी टुङ्गो लगाइनेछ’, राईले भने ।
संविधानसभा बाहिरका दलको सहभागिता हाल संवादबाट सुरु भएको र आगामी दिन राजनीतिक सम्मेलन वा प्राथमिक मस्यौदामाथि जनतामाझ हुने छलफलका माध्यमबाट पनि सहभागिता गराइने उनले जानकारी दिए ।
बैठकमा उपस्थित दलहरूले आ–आफ्नो दलको घोषणापत्रअनुसार सङ्घीयताबारे धारणा राखेको छलफलमा सहभागी शान्ति पार्टी नेपालका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।
सबै दलको राय सङ्कलन गर्न बाँकी रहेकाले भोलि पनि बैठक बस्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च