फोरम लोकतान्त्रिकको संसदीय दलमा झडप

५ जेष्ठ २०६९, शुक्रबार २१:०३ मा प्रकाशित

काठमाडौ, ५ जेठ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को कार्यालयमा शुक्रबार नेता र कार्यकर्ताबीच केहीबेर तनाव हुँदा झडपको स्थिति उत्पन्न भयो ।
सिंहदरवारस्थित फोरम लोकतान्त्रिक संसदीय दलको कार्यालयमा ज्ञापनपत्र बुझाउने पुगेको गणतान्त्रिक राष्ट्रिय निषाद सङ्घ नेपालको टोली र सभासद्‌वीच घम्साघम्सी हुँदा स्थिति तनावपूर्ण भएको थियो ।
आफ्नो ज्ञापनपत्र बुझ्न फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका उपप्रधान एवम् गृहमन्त्री विजयकुमार गच्छदारले अस्वीकार गरेको निषाद् सङ्घको आरोप छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्लाई ज्ञापन बुझाए लगत्तै उपप्रधान एवम् गृहमन्त्री गच्छदारलाई संसदीय दलको कार्यालयमा छलफलपछि बाहिरिंदै गर्दा सङ्घले बाटोमै ज्ञापनपत्र बुझाउन खोजेको थियो ।
मन्त्री गच्छदारले सङ्घ आवद्ध फोरम लोकतान्त्रिकका नेता कार्यकर्ताले आफैले जिताएको व्यक्तिले माग सुन्न नखोजेको भन्दै चर्को नाराबाजी गरेर कार्यालय घेराउ गरे ।
केही आक्रोशित कार्यकर्ताले कार्यालय प्रवेश गरी संसदीय दलका नेता गच्छदारको नेमप्लेट तोडफोड गर्न खोजेपछि उनीहरूलाई सभासद्ले रोक्न खोज्दा हात हालाहाल भएको थियो । स्थिति तनावपूर्ण भएपछि सुरक्षाकर्मीले भीडलाई तितरवितर पारेको थियो ।
गणतान्त्रिक राष्ट्रिय निषाद् सङ्घका अध्यक्ष मेघराज सहनी (निषद्) ले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले आफूहरूको ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि कार्यकर्ताले असन्तुष्टि जनाएको बताए ।
राज्यको हरेक निकायमा निषाद् जातिलाई आरक्षणको व्यवस्था गरिनुपर्ने, निषाद् जातिलाई आदिवासी जनजातिको सुचीमा पारिनुपर्ने, मत्स्य मन्त्रालयको स्थापना गरिनुपर्ने लगायतका छ बुँदे मागसहित आजै सङ्घले सभामुखलाई ज्ञापनपत्र बुझाएको थियो । –रासस

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार