विद्यार्थी टिकाउन मुश्किल

२३ असार २०७१, सोमबार १४:४७ मा प्रकाशित

सुर्खेत, २३ असार । क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले मध्यपश्चिममा भर्ना भएका सबै विद्यार्थीलाई टिकाउन नसकिएको जनाएको छ ।

विद्यालय भर्ना, विद्यालय स्वागत, छात्रवृत्तिजस्ता अभियान सञ्चालन गरे पनि भर्ना भएका सबै विद्यार्थीलाई विद्यालयमा टिकाउन नसकिएको कार्यालयले जनाएको छ । मध्यपश्चिम क्षेत्रमा कक्षा १ मा ७, ३ मा ५, ५ मा ६, ६ मा ७ र ८ मा ७ प्रतिशत विद्यार्थीले कक्षा छोड्ने गरेको छ ।

कक्षा छोड्नेमा छात्रा र छात्र दुवैको सङ्ख्या बराबरी रहेको जानकारी दिँदै निर्देशनालय उपसचिव भक्तबहादुर खड्काले कक्षा छोड्नेसँगै यस क्षेत्रमा विद्यार्थीले कक्षा दोहोराउने समस्या पनि उत्तिकै रहेको बताए ।

कक्षा १ मा २२, ३ मा ९, ५ मा ७, ६ मा ६ र ८ मा पनि ६ प्रतिशत विद्यार्थीले कक्षा दोहोराएको पाइएको छ । निर्देशनालयले पढाउने तरिका परम्परागत हुनु, पर्याप्त साधन स्रोत नहुनु, एकैखाले शिक्षा नहुनुजस्ता कारणले शैक्षिक उपलब्धि पनि बढ्न नसकेको बताएको छ ।

क्षेत्रीय शिक्षा निर्देशक प्रमोदकुमार साहले विद्यालयमा कक्षा छोड्ने र दोहोराउने समस्याको न्यूनीकरण नभएसम्म शैक्षिक उपलब्धि राम्रो आउन नसक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य