वर्षासँगै कारागारभित्रका कैदीबन्दीलाई बस्न समस्या

२३ असार २०७१, सोमबार १४:३८ मा प्रकाशित

जनकपुर, २३ असार । एक सातादेखि भइरहेको अविरल वर्षाका कारण जलेश्वर कारागार चुहिने भएपछि कैदीबन्दी समस्यामा परेका छन् ।

एक सय ५३ वर्ष पुरानो कारागार जीर्ण, पुरानो तथा जर्जर अवस्थामा भएकाले पानी परेपछि चुहिने गरेको कारागार प्रशासनले जनाएको छ ।

‘क्षमताभन्दा बढी कैदी भएपछि त्रिपाल झुन्डाएर बाहिर राख्ने गरेकामा वर्षायाम सुरु भएपछि कैदीलाई राख्न समस्या भएको छ’, जेलर शोभेन्द्र ठाकुरले भने, ‘कोठाहरू चुहिने भएकाले एउटै कोठामा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको छ ।’

अर्कोतिर ढलको व्यवस्था नभएपछि वर्षाको पानी कारागारभित्र जम्ने गरेकाले यसले वर्षायाममा कैन्दी कष्टकर जीवन बिताउन बाध्य रहेको कारागार व्यवस्थापनले जनाएको छ ।

एक सय ३५ कैदीबन्दी राख्ने क्षमता रहेको जलेश्वर कारागारमा अहिले ४५७ जना कैदीबन्दी रहेका छन् । तीमध्ये भूमिगत सङ्गठनका ३७, भारतीय मूलका १८, बर्मेली मूलका आठ जना कैदीबन्दी रहेको छ ।

कारागारभित्र शौचालय खानेपानी समस्याबाट पीडित रहेको यहाँका कैदीहरूलाई बस्ने समस्या भएको छ । जसले गर्दा कैदीहरू झाडापखाला, ज्वरो, रुघाखोकी, घाउ खटिराजस्ता रोगबाट प्रभावित देखिन्छ ।

आवश्यकताभन्दा बढी विद्युत् भार कटौती भएका कारण कैदीबन्दीहरू अध्यारोमै बस्नुपर्ने बाध्यता रहेको छ भने वर्षाको पानी कारागारभित्र जम्ने गरेकाले सर्पको आतङ्क पनि बढ्न गएको कैदीहरूको गुनासो रहेका छन् ।

जीर्ण कारागार मर्मत सम्भारका लागि बारम्बार कारागार व्यवस्था पनि विभाग र गृहमन्त्रालयलाई पत्राचार गर्दा हालसम्म सुनुवाइ नभएको कारागार व्यवस्थापनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै