प्रतिवेदनमाथि समूहगत छलफल जारी

२३ असार २०७१, सोमबार १३:३१ मा प्रकाशित

काठमाडौं, २३ असार । नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनमा आज विभिन्न प्रतिवेदनहरूमा समूहगत छलफल सुरु भएको छ ।
आइतबार समूहगत छलफल गर्ने भनिए पनि टोली नेता छनौटमा निर्वाचन गर्नुपरेका कारण छलफल हुन सकेको थिए ।
१९ मध्ये टोली नेता छनौट भएका १७ समूहले राजनीतिक, सांगठनिक, विधान संशोधन, अनुशासन प्रतिवेदन र लेखा समितिको प्रतिवेदनमाथि छलफल सुरु गरेको नेता ठाकुर गैरेले जानकारी दिए । उनकाअनुसार समूहगत छलफल सकिएपछि टोली नेताले बन्दसत्रमा प्रतिवेदनमा सुझाव र सल्लाह दिने छ । टोलीहरूको सुझाव आएपछि प्रतिवेदन पारित गरिने छ ।
१९ मध्ये दुई समूह भेरी र सगरमाथाको टोली नेता चयन आइतबार हुन सकेको थिएन । टोली नेता चयनका लागि अहिले निर्वाचन भइरहेको छ ।
अध्यक्षका प्रत्यासी माधव नेपाल र केपी ओली समूहवीच विवाद भएपछि टोली नेता चयनमा समस्या भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको