माओवादी फेरी संविधान नबनाउने षडयन्त्रमा : नेता केसी

५ जेष्ठ २०६९, शुक्रबार १८:०४ मा प्रकाशित

जगदीश खनाल, नुवाकोट, ५ जेठ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिं केसीले एकिकृत नेकपा  माओवादी फेरी संविधान नबनाउने षडयन्त्रमा लागेको आरोप लगाउनु भएको छ । दलहरु बिचको सहमतीमा माओवादी नेतृत्वबाट अपव्याख्या हुन थालेकाले कहिँ कतैबाट संबिधान बन्न नदिने षडयन्त्र भैरहेको केसीको भनाई छ ।
आज नुवाकोटको समुन्द्रादेवीमा काँग्रेसको गाँउ कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई समबोधन गर्दै नेता केसीले जेठ १४ मा संविधान निर्माणमा पार्टि भित्र चरम असन्तुष्टि हुदाहुदै पनि  नेपाली काँगे्रस सम्झौतावादी रुपबाट प्रस्तुत भएको तर समझौता गरेर कार्यान्वयन नगर्ने माओवादी प्रवित्ती दोहोरिएका कारण संविधान निर्माणमा विश्वसनिय आधार समाप्त हुन थालेको केसीले बताउनुभयो ।
दलहरु बिचको सहमतिको विश्वासिलो वातावरण निर्माणका लागी बाबुराम भट्टराई नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिएपनि सहमति अनुशार काँगे्रस नेतृत्वको सरकाले मात्र संविधान जारी गर्नसक्ने केसीले बताउनुभयो । शासकिय स्वरुप र राजय पुर्नसंरचना का संबन्धमा भएको छ बुँदे सहमतिबाट काँगे्रस एक इन्च पनि पछि नहट्ने केसीको दाबी थियो ।
कार्यक्रममा संविधान सभा सदस्य जगदीशवर नरसिं केसीले वर्तमान सरकार वैधानिक रुपले सहमतिको सरकार नभएको बताउँदै पार्टिको सरकारमा सहभागिताको समबन्धमा नेतृतवले पुर्नरविचार गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड–