जिल्ला अस्पताल खोटाङमो चाप बढेपछि भुईमा राखेर उपचार गर्न बाध्य

५ जेष्ठ २०६९, शुक्रबार १७:४३ मा प्रकाशित

खोटाङ, ५ जेठ । जिल्ला अस्पताल खोटाङमा विरामीहरुको संख्या अत्यधिक वृद्धि भएपछि शैयाको अभाब भएको छ । मौसम परिवर्तनसँगै ज्वरो आउने, रुघाखोकी लाग्ने, टाईफाईड हुने जस्ता बिरामीको चाप बढेपछि, बिरामी राख्न शैयाको अभाब भएको हो । शैयाको अभाव भएपछि अस्पतालमा भर्ना भएर उपचार गराउने बिरामीहरुलाई भुइमा राखेर उपचार गर्नुपर्ने बाध्यता सृजना भएको छ । १५ शैयाको जिल्ला अस्पताल खोटाङमा हाल दैनिक डेढ सयभन्दा बढि बिरामी आउने गरेको  जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डाक्टर नवलकिशोर झाले बताउनुभयो । बेड भर्ना भएका विभिन्न प्रकारका बिरामीहरुलाई शैया नहुँदा उपचारमा समस्या परेको अस्पतालका प्रमुख डाक्टर झाको भनाइ छ । अहिले गाउँका स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीहरुमा पनि बिरामीको अत्यधिक चाप बढेको जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गत मंगलबार गर्‍याे । अब नयाँ विधेयक दर्ता हुने कानुनमन्त्री गाेविन्द प्रसाद शर्मा (कोइराला)ले

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा हिजो (बिहीबार) भएको पालिका चुनावको मतगणना आज (शुक्रबार) देखि शुरु हुँदैछ । मतगणनाको लागि केहीबेरमा सर्वदलीय

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा