जनकपुर बम विस्फोट घटनाका योजनाकारको नाम सार्वजनिक

५ जेष्ठ २०६९, शुक्रबार १७:४२ मा प्रकाशित

जनकपुर, ५ जेठ । जनकपुरको रामानन्द चोकमा बम विस्फोट गराउने मुख्य योजनाकार सन्तोष चौधरी (मुकेश चौधरी) रहेको तथ्य सार्वजनिक गरिएको छ । प्रहरीको केन्द्रीय अनुसान्धान व्यूरोले आज जनकपुरमा गरेको पत्रकार सम्मेलनमा ब्यूरो प्रमुख उपेन्द्रकान्त अर्यालले तथ्य सार्वजनिक गर्दै यथेष्ठ प्रमाणका आधारमा यो पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार अभियुक्त चौधरी भारतमा रहेको सूचनासमेत प्राप्त भएको छ । चौधरीलगायत घटनामा संलग्न अन्यलाई कानुनको दायरामा ल्याउन सरकारसँग अनुरोधका साथै कूटनीतिक माध्यम र इन्टरपोलको सहयोगका लागिसमेत पहल गरिने उहाँले बताउनुभयो । करिब ६ महिना अघि गठन भएको तराई विद्यार्थी लिबरेसन फ्रन्टको नेतृत्वकर्ताको रुपमा चौधरीले आफ्नो अस्तित्व देखाउन घटना घटाएको अनुसन्धानबाट देखिएको पनि अर्यालले बताउनुभयो । मिथिला राज्यको माग गर्दै गत वैशाख १८ गते रामानन्द चोकमा धर्नामा बसेका बेला मुकेशको निर्देशनमा सप्तरी जिल्ला विषहरिया गाविस–८ का २१ वर्षीय जयप्रकाश चौधरी (शिवम शर्मा) ले बम राखेको पुष्टि भएको उहाँले बताउनुभयो । घटनामा संलग्न जयप्रकाश चौधरी, उमेश कुमार कर्ण, रिपेन्द्र झा, मुकेश कुमार कर्णलाई पक्राउ गरिएको छ भने मुख्य योजनाकार जितेन्द्रलाल कर्ण, सन्तोस चौधरी र घटनाको जिम्मेवारी लिने रंजित झा उर्फ राजन मुक्ती फरार रहेको प्रहरीको भनाइ छ । घटनामा प्रयोग गरिएको बममा अति विस्फोटनशील स्वचालित संयन्त्रको प्रयोग गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । बम विस्फोटनमा परी पाँच जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।