छलफलका लागि एमालेमा १९ समूह विभाजन

२२ असार २०७१, आईतवार १६:४४ मा प्रकाशित

काठमाडौं, २२ असार । नेकपा (एमाले) को जारी नवौँ महाधिवेशनमा प्रस्तुत विभिन्न प्रतिवेदनमाथि छलफलका लागि १९ वटा समूह विभाजन गरिएको छ ।
ती समूहले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन, सचिव युवराज ज्ञवालीको विधान संशोधन प्रतिवेदन र केन्द्रीय निकायका अध्यक्षले पेस गरेका प्रतिवेदनमाथि छलफल गर्नेछ । समूह विभाजन अञ्चल र अन्य प्रतिनिधि समूहलाई मिलाएर गरिएको महाधिवेशन प्रतिनिधि पार्वती रावलले जानकारी दिइन् ।
यही असार १९ गतेदेखि भृकुटीमण्डपमा जारी महाधिवेशनमा मनोनीत प्रतिनिधिबारे पनि स्थायी कमिटीले निर्णय नगर्ने भएको छ । पार्टीका सचिव शङ्कर पोखरेलले अब प्रतिनिधि मनोनयन नहुने बताए । मनोनीत प्रतिनिधि भई केन्द्रीय कमिटीमा उम्मेदवारी दिने आशामा रहेका कार्यकर्ता भने अन्योलमा परेका छन् ।
यसअघि आज बिहान केन्द्रीय लेखा आयोगका डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी